पहुँचका आधारमा विद्यार्थी भर्ना नगर्न मन्त्री श्रेष्ठको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पहुँचका आधारमा विद्यार्थी भर्ना नगर्न मन्त्री श्रेष्ठको निर्देशन


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन निर्देशन दिएकी छन् । मन्त्री श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कुलका प्रिन्सिपललाई ध्यानाकर्षण गराउँदै सो निर्देशन दिएकी हुन् ।

नयाँ शैक्षिक सत्रका लागि ती विद्यालयले भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरूलाई मन्त्रालयमै बोलाएर मन्त्री श्रेष्ठले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी भर्ना लिन जोड दिएकी हुन् ।

‘तपाईँहरूको विद्यालयले भर्ना आवेदन आह्वान गरेपछि धेरैले तपाईँहरूको त कोटा हुन्छ, भनिदिनु प¥यो भनेर दबाब दिइरहनुभएको छ । उहाँहरूको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ हो रु’, छलफलमा मन्त्री श्रेष्ठले भनिन्, ‘विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस