८ महिनामा आयो साढे १ खर्ब लगानी प्रतिबद्धता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

८ महिनामा आयो साढे १ खर्ब लगानी प्रतिबद्धता


१४ चैत्र २०८०, बुधबार


उद्योग विभाग

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिना (साउन-फागुन)मा साढे १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता (प्रस्तावित) आएको छ ।

उद्योग विभागका अनुसार फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ बराबेका कुल लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागका अनुसार फागुन महिनामा मात्र २ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

यस वर्ष लगानी प्रतिबद्धता गत वर्षको यसै अवधिको तुलनामा वृद्धि भएको छ । अघिल्लो वर्षको फागुनसम्म १ अर्ब २७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस वर्ष फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धता भने २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्षै फागुनसम्म २७ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो ।

विभागका अनुसार यस वर्ष फागुनसम्म स्वदेशी तथा विदेशी २५८ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ठूला उद्योगको सङ्ख्या ३२ रहेको छ ।

मझौला उद्योग २२ र साना उद्योगको दर्ता २०४ रहेको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका स्वदेशी उद्योगले १८ हजार १५३ रोजगारी दिन सक्ने तथ्याङ्कमा उल्लेख छ ।

विदेशी लगानी तर्फ फागुनसम्म कुल २५३ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगले १३ हजार १६९ रोजगारी सिर्जना गर्न सक्ने देखिएको छ । वैदेशिक लगानी फागुन महिनामा मात्र ६ अर्ब ४७ करोड आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस