राज्य व्यवस्था समितिले गृह मन्त्री लामिछानेलाई छलफलका लागि बोलायो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राज्य व्यवस्था समितिले गृह मन्त्री लामिछानेलाई छलफलका लागि बोलायो


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेलाई बोलाएको छ ।

समितिले बुधवार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो । समितिको सचिवालयका अनुसार सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

काँग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ । सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस