अनलाइनमार्फत पटके बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अनलाइनमार्फत पटके बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । बागमती प्रदेश सरकारले अनलाइनमार्फत पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु गरेको छ ।

मंगलबार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबिच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सो भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् ।

त्यस अवसरमा उनले सेवाग्राहीलाई सुविधा दिन र राजश्व सङ्कलनमा समेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा सुरुवात गरिएको बताए । मन्त्री लम्सालले सो सेवा सुरुवात गरेर मन्त्रालयले एउटा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै अरू धेरै सुधारको कामहरू गर्न बाँकी रहेको बताए ।

कार्यक्रममा बोल्दै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सो अनलाइन सेवाले सुशासनको क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस