कमला-ढल्केबर-बागमती सडक विस्तार गर्न ठेक्का आह्वान « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कमला-ढल्केबर-बागमती सडक विस्तार गर्न ठेक्का आह्वान


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । महेन्द्र राजमार्ग अन्तर्गत कमला-ढल्केबर-बागमती सडक खण्ड स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ ।सडक विभागले सोमबार बोलपत्र आह्वान गर्दै यस खण्डको विस्तारका लागि ठेक्का निकालेको हो ।

सडक विभागका अनुसार यो खण्डको कुल ७७ किलोमिटर सडक बिस्तार र स्तरोन्नतिका लागि सोमबार ठेक्का आह्वान भएको हो ।

महेन्द्र राजमार्गलाई सरकारले ४ लेनमा विस्तार गरिरहेको छ । सोही अन्तर्गत महेन्द्र राजमार्गको चेनेज २३८ प्लस ०३० देखि ३१२ प्लस ७८५ सम्मका लागि ठेक्का आह्वान भएको हो । यो सडक विश्व बैंकको सहयोगमा स्तरोन्नति गरिँदै छ ।

विभागले कमला-थपलैयासम्मको सडक खण्डको स्तरोन्नतिको तयारी गरेको भए पनि बागमती-पथलैया खण्डको ठेक्काको मोडालिटी तय नभएका कारण केही समय पर सरेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस