मोरङमा ८ महिनामा ५८ जनाले त्यागे नेपाली नागरिकता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोरङमा ८ महिनामा ५८ जनाले त्यागे नेपाली नागरिकता


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ। मोरङमा चालू आर्थिक वर्षको ८ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए ।

मोरङ प्रशासनले २०६६ सालदेखि नागरिकता परित्याग गर्नेको विवरण राख्न थालेकोमा त्यसयता १८४ जनाले नागरिकता त्यागेको देखिएको छ ।

मोरङ प्रशासन कार्यालयका अनुसार गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्ने मात्रै हुने गरे पनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरू बढेको बताइएको छ । एनआरएनको नागरिकता लिनेहरूमा महिला र पुरुषको संख्या बराबर रहेको छ

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस