आईपीयूको महासभामा घिमिरे भने-सबै राष्ट्रले एक-अर्काको अस्तित्वको सम्मान गर्नुपर्छ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आईपीयूको महासभामा घिमिरे भने-सबै राष्ट्रले एक-अर्काको अस्तित्वको सम्मान गर्नुपर्छ


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल सबै राष्ट्रहरूले एक-अर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैँ अडिग रहेको बताएका छन् ।

स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४८औँ महासभालाई सम्बोधन गर्दै उनले नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको पनि बताए ।

‘ठूला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्वलाई स्वीकार र सहन गर्न नचाहँदाका दुष्परिणामहरू हामीले इतिहासका अनेक कालखण्डमा भोगिसकेका छौँ’ सभामुख घिमिरेले भनेका छन्, ‘असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको नेपाल सबै राष्ट्रहरूले एक अर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैँ अडिग छ ।’

नेपालको संविधानले नै संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यतामा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध नीति निर्दिष्ट गरेको उनले बताए ।

संविधानले अंगीकार गरेको यो नीतिलाई नेपालको संघीय संसदले आत्मसात् गरेको पनि उनले बताए ।

वर्तमान समयमा भने संसारका विभिन्न भागमा राष्ट्रहरूबीच तनाव र द्वन्द्वको स्थिति सिर्जना भएको पनि उनले स्मरण गराए ।

राज्यको नेतृत्वले संसद र आम नागरिकको भावना नबुझी आफूखुसी चालेका कदमहरूबाट धेरैजसो तनावहरूको उत्पत्ति भएको उनको बुझाइ छ ।

सरकारका गतिविधिहरूको निगरानी गर्ने भूमिकामा रहेको संसदले यस्ता स्वेच्छाचारी कदमहरूमा रोक लगाएर अन्तर्राष्ट्रिय समुदायमा शान्ति र समझदारी कायम गर्नुपर्ने उनले बताए ।

सभामुख घिमिरेले भनेका छन्, ‘कूटनीतिको कार्यक्षेत्र युद्धको रोकथाम गर्ने वा भइरहेका युद्धको अन्त्य गर्नेमा मात्रै सीमित छैन ।’

विश्वका ज्वलन्त चुनौतीहरूको सामना गर्न समान चासो भएका मुलुकहरूको सहकार्य र सामूहिक प्रयास अपरिहार्य छ ।’

‘नेपालले जलवायु परिवर्तनको मार सहिरहेको छ’ सभामुख घिमिरेले नेपालले जलवायु परिवर्तनको मार सहिरहेको पनि बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस