एकीकृत समाजवादी इलाम र बझाङ उपनिर्वाचनबारे प्रदेशबाट रिपोर्ट माग्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादी इलाम र बझाङ उपनिर्वाचनबारे प्रदेशबाट रिपोर्ट माग्ने


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वैशाखमा हुने इलाम र बझाङको उपनिर्वाचनबारे प्रदेश र जिल्ला कमिटीबाट रिपोर्ट माग्ने भएको छ । 

बुधबार बसेको सचिवालय बैठकले ती जिल्लाको रिपोर्ट सम्बन्धित कमिटीबाट रिपोर्ट लिने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । 

उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा इलाम र बझाङको उपनिर्वाचनका लागि प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको जानकारी दिए । 

उपनिर्वाचनका उम्मेदवारबारे सत्ता गठबन्धनसँग पनि छलफल गर्ने नेता खतिवडाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस