माघमा महाधिवेशन गर्दै नेसपा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माघमा महाधिवेशन गर्दै नेसपा


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघमा महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको पूर्ण बैठकले असोजमा विधान अधिवेशन र माघमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार पार्टीको महाधिवेशन प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा गरिने छ ।

साथै डा. बाबुराम भट्टराई नेतृत्वमा राष्ट्रिय महाधिवेशन आयोजक समिति बनाएको छ भने पार्टीको प्रदेश र स्थानीय समितिलाई अधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ ।

महाधिवेशन अगाडि २०८१ वैशाखदेखि भदौसम्म पार्टी निर्माण र संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय समेत भएको छ । कात्तिकदेखि पुरसम्म स्थानीय तह र प्रदेशको अधिवेशन गर्ने समेत नेसपाको निर्णय छ ।

बैठकले माओवादी केन्द्रसँग एकताको सहमति गर्ने अर्का अध्यक्ष महेन्द्र राय यादव सहितका नेताहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । साथै पार्टी एकता ध्रुवीकरण संयोजन समिति समेत भंग गरिएको प्रवक्ता शर्माले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस