शिक्षा समिति सभापतिको निर्वाचन चैत सात गते हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शिक्षा समिति सभापतिको निर्वाचन चैत सात गते हुने


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्वाचन सात चैतमा हुने भएको छ ।

यसअघि समितिको सभापति रहेका भानुभक्त जोशी २३ फागुनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएका थिए । त्यसपछि रिक्त रहेको समिति सभापतिका लागि सात चैतमा निर्वाचन हुन लागेको हो ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभापति निर्वाचनको मिति तय भएको जानकारी गराइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस