कुस्ती संघको अध्यक्षमा कुसारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कुस्ती संघको अध्यक्षमा कुसारी


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपाल कुस्ती संघको चुनावी साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य प्रकाशकुमार कुसारीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको छ। कुसारीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमितिको आइतबार चयन गरेको हो।

संघको उपाध्यक्षमा मुकेश शाह, सूर्यान्सकुमार चौधरी र निर्मल सिग्देल, महासचिवमा कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत, उपमहासचिवमा साजन अधिकारी, सचिवमा सरोजकुमार कटुवाल र सूर्यनारायण शाह तथा कोषाध्यक्षमा विपुल पौडेल रहेका छन्।

सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, ऐटनकुमार मल्ल, लक्ष्मी उराव र विक्रमसागर पोखरेल सदस्यमा चयन भए। 

Tags :
प्रतिक्रिया दिनुहोस