सीआईबी र राजस्वका उच्च अधिकारीलाई कारबाही सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीआईबी र राजस्वका उच्च अधिकारीलाई कारबाही सिफारिस


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले राजश्व अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ ।

सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आयोगले विभाग र सीआईबीका उच्च अधिकारीसहित केही प्रहरी र कर्मचारीलाई समेत कारबाहीको सिफारिस गरेको हो । सुन तस्करीसम्बन्धी अनुसन्धानमा संलग्न अधिकारीहरूले मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले कारबाहीको सिफारिस गरेको हो ।

उनीहरूले सुन तस्करीमा जोडिएका व्यक्तिलाई भगाएको र तस्करीमा संलग्न व्यक्तिसँग सम्बन्ध देखिएपछि आयोगले कारबाहीको सिफारिस गरेको स्रोतले जनायो ।

Tags :
प्रतिक्रिया दिनुहोस