प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना रिहा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना रिहा


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिर जमानीमा छुटेका छन् ।

उनीहरूलाई हरेक दिन सीआईबी उपस्थित हुने गरी हाजिरी जमानतमा छाडिएको सीआईबी स्रोतले जानकारी दिएको छ । 

अनुसन्धानको कामहरू लगभग पूरा भइसकेको र बयान समेत सकिएको अवस्थामा उनीहरूलाई कागज गरेर छाडिएको जनाइएको छ ।

उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा  जिल्ला अदालतबाट अनुमति लिएको थियो । सीआईबीले १५ फागुनमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : प्रभु बैंकका डेपुटी सीईओ र सेन्चुरी बैंकका पूर्वसीईओ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस