उपनिर्वाचनका लागि २० दलको निवेदन (नामसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपनिर्वाचनका लागि २० दलको निवेदन (नामसहित)


१ चैत्र २०८०, बिहिबार


Nirbachan_nirwachan_election

काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० राजनीतिक दलले निवेदन दिएका छन् । निवेदन दिएकामा प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेको निर्वाचन अयोगले जनाएको छ ।

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो । उपनिर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायत छन् ।

रास्वपाले प्रतिनिधिसभामा मात्रै सहभागी हुने निर्णय गरेकाले उसले प्रदेश सभाका लागि निवेदन दिएको छैन । एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १(क)मा काँग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त भएको उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस