काँग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने


२६ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

काँग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रियसभाको अध्यक्षका लागि सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले बताए । उनले उम्मेदवार चयन भने राष्ट्रियसभा सदस्यको बैठकपछि गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस