नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो ।

उनी २० रन बनाउँदै आउट भएका हुन् । यस क्रममा उनले केवल १० बलमा दुई छक्का र एक चौका पनि प्रहार गरे । कुशल भुर्तेललाई नेदरल्यान्ड्सका बलर भान डर गुटेनले बोल्ड गरेका हुन् । ३.३ ओभरमा उनी आउट हुँदा नेपालले २३ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस