गठबन्धनमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गठबन्धनमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । नेपालको निवासमै पुगेर उनले सो प्रस्ताव गरेका हुन् ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक छोडेर प्रचण्ड माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित नेपाल निवास पुगेका थिए । नेताहरुबीच अहिले छलफल जारी छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको प्रस्तावमा नेपालले पार्टीमा छलफल नगरी निर्णय दिन नसक्ने जवाफ दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस