प्रधानमन्त्री ‘प्रचण्ड’ले भने-मध्यपूर्वमा ठूलो युद्ध भड्किन सक्छ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने-मध्यपूर्वमा ठूलो युद्ध भड्किन सक्छ


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा कुनै पनि बेला ठूलो युद्ध भड्किन सक्ने बताएका छन् ।

शहीद प्रतिष्ठान नेपालले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले संसारभर भूराजनीतिक समीकरण देखा परेको बताएका हुन् ।

‘रुस-युक्रेन युद्ध, हमास र इजरायल युद्ध, मध्यपूर्वमा कुनै पनि बेला ठूलो युद्ध भड्किन सक्ने अवस्था छ,’ उनले भने ।भूराजनीतिको नयाँ समीकरणमा नेपालमाथि समेत दबाब, घेराबन्दी रहेको प्रधानमन्त्री ‘प्रचण्ड’ले बताए ।

‘नेपालको राजनीतिमा प्रतिक्रियावादी, अवसरवादी, विदेशी प्रभुत्ववादी र साम्राज्यवादी सबैले दबाब, घेराबन्दी मार्फत विभिन्न प्रयासहरू गरेको उल्लेख गर्दै उनले यस्तोमा नेपालीहरू गम्भीर हुनुपर्ने बताए ।

नेपालले भूराजनीतिमा आफूलाई समुचित ढंगले प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस