‘पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्छ’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्छ’


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्ने बताएका छन् । 

सोमबार शहीद यदुकुमार गौतमको २५ औँ स्मृति दिवसमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले करिब १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म न्याय निरूपण गर्ने काम नहुनु दुःखद् भएको बताए । 

उनले भने, ‘हामीले बितेका दिनहरूमा धेरै प्रतिकुलताहरूलाई व्यहोरेर निरङ्कुश राजतन्त्र अन्त्य गर्न सफल भएका छौं । १२ वर्षभन्दा लामो जनयुद्धको नाममा भएका घटनाहरू पनि शान्तिमा रूपान्तरित भइरहेका छन् । सशस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरू, शक्ति, नेताहरू आज शासन गर्ने ठाउँमा पुग्नुभएको छ । तथापि देशमा हिजोको द्वन्द्वलाई अन्त्य गरी स्थायी शान्ति कायम गर्ने बाटोमा केही बाधाहरू रहेका छन् ।’

शान्ति प्रक्रिया टुङ्ग्याउन २०६३ सालमै शान्तिको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरूपण तथा मेलमिलाप वातावरण बनाउन कानून बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरू सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भएकाले पीडितको पक्षमा कानून बन्नुपर्ने बताए । 

कानुन निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वमा परेका असरहरू सदाका लागि अन्त्य हुने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस