राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिँदै


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । गोला प्रथाका आधारमा कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आइतबार(आज) सकिँदै छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने प्रावधान अनुशार आज अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० सदस्य बिदाइ हुन लागेका हुन् ।

जसअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा(पार्वती), नरपति लुवार र रामचन्द्र राई छन् ।

त्यसैगरी रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पनि पदावधि सकिँदै छ । त्यस्तै विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा, प्रमीलाकुमारी यादव र खिमलाल देवकोटाको पनि पदावधि सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस