गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडितबीच दुई घण्टा वार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडितबीच दुई घण्टा वार्ता


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच दुई घण्टा वार्ता भएको छ । गृह मन्त्रालयमा शुक्रबार अपराह्न सो वार्ता भएको हो । 

मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराई नेतृत्वको सरकारी टोली र पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको टोलीबीच ‘सकरात्मक संवाद’ भएको बताइएको छ । 

एक अधिकारीका अनुसार अनुसार, पीडितको समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने, अहिले भएको कानुनमा देखिएका जटिलता लगायतका विषयमा छलफलपछि सरकारी पक्षको जवाफसमेत सुनेर संवाद टुंगिएको थियो । दुवै पक्षका वार्ता टोली संयोजकबीच छलफल गरेर भोलि (शनिबार) फेरि संवाद हुनेछ ।

मन्त्रालयले आइतबार मिटरब्याज पीडितसँग पहिलो चरणको वार्ता गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस