गठबन्धन कायम राखेर राष्ट्रिय सभाको अध्यक्षमा सिटौलाले नै उम्मेदवारी दिने देउवाको दाबी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गठबन्धन कायम राखेर राष्ट्रिय सभाको अध्यक्षमा सिटौलाले नै उम्मेदवारी दिने देउवाको दाबी


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन कायमै रहने बताएका छन्।

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा पनि यही गठबन्धन रहने बताए।

बिहीबार भरतपुर विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसको आलोचना गरेपछि त्यसको भोलिपल्ट आज जवाफ दिँदै देउवाले फरक पार्टी भएकाले आलोचना गर्न छुट भएको बताए।

‘प्रचण्डले पनि अरू पार्टीको आलोचना गर्न पाउनुहुन्छ। हामीले पनि गर्छौँ’ सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै देउवाले भने, ‘गठबन्धन केही हुँदैन।’

देउवाले राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार नेपाली काँग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौलाको नै उम्मेदवारी रहने बताए।

उनले अर्को निर्वाचनसम्म यो गठबन्धन रहने समेत बताए। नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार लागि सहयोग गर्न एमालेलाई अनुरोध गरेको छ भन्ने पत्रकारको प्रश्नमा देउवाले यस विषयमा आफूलाई जानकारी नभएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस