अनलाइन हिंसा रोक्न साइबर सचेतना व्यापक बनाउनुपर्नेमा मन्त्री शर्माको जोड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अनलाइन हिंसा रोक्न साइबर सचेतना व्यापक बनाउनुपर्नेमा मन्त्री शर्माको जोड


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्ने बताएकी छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले बिहीबार गरेको ‘अनलाइनमा महिला सुरक्षा’ विषयक कार्यक्रममा मन्त्री शर्माले अनलाइन माध्यमबाट हुने सबै खाले हिंसा रोक्न व्यापक साइबर सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।

‘हामीले भौतिक दुनियाँमा जसरी मानवीय मर्यादा र सामाजिक सौहार्दता कायम गरेर समाजलाई व्यवस्थित गरेका छौँ, भर्जुचल दुनियाँमा पनि त्यसरी नै मानवीय मर्यादा र सामाजिक सौहार्दता कायम गर्नतिर जोड दिनुपर्छ, ‘मन्त्री शर्माले भनिन्, ‘त्यसका लागि जनस्तरसम्म व्यापक मात्रामा साइबर सचेतना र सुरक्षाका कार्यक्रम लिएर जानु आवश्यक छ ।’

त्यसका लागि तीन तहकै सरकार, विद्यालयहरूसहित सबै सार्वजनिक क्षेत्र र आम सचेत नागरिक साइबर सुरक्षाको क्षेत्रमा गम्भीररुपमा लाग्नुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस