रेकर्डबाट हटाइयो रास्वपा सांसद कार्कीले बोलेको शब्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रेकर्डबाट हटाइयो रास्वपा सांसद कार्कीले बोलेको शब्द


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिमा उनले असंसदीय शब्द बोलेको भन्दै सांसद ईश्वरी न्यौपानेले सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराएकी थिइन् ।

उद्योगी व्यवसायी तथा सम्पत्ति शुद्धीकरण विभाग लगायतसँग भएको छलफलका क्रममा उनले सो कुरा भनेकी थिइन् ।

सांसद कार्कीले बाल्ने क्रममा ‘जब पर्‍यो राति तब बुढी ताती’ भन्ने शब्द प्रयोग गरेकी थिइन् । कार्कीले बोलेको सो शब्द रेकर्डबाट हटाइएको समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस