प्राधिकरणका अध्यक्ष भण्डारीको नियुक्तिविरुद्ध अदालतमा रिट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्राधिकरणका अध्यक्ष भण्डारीको नियुक्तिविरुद्ध अदालतमा रिट


१५ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्तिविरुद्ध रिट दर्ता गरिएको छ । 

अध्यक्ष पदका उम्मेदवारसमेत रहेका रामदेव यादवले मंगलवार नेपाल सरकार मन्त्रिपरिषद्, सञ्चार मन्त्री रेखा शर्मा, सिफारिस समिति, अध्यक्ष भण्डारीलगायतलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दर्ता गराएका हुन् । उक्त रिटको पेशी बुधवार तोकिएको छ ।

स्वार्थ बाझिएको संस्था ‘पे नेप प्रालि’मा १ लाख ५६ हजार शेयर लगानी गरेको, नेपालमा सञ्चालन भएको स्मार्ट टेलिकमका लगानीकर्ता मध्येका उपेन्द्र महतोको कम्पनीको प्रमुख सीईओ भएर काम गरेको, एनसेल खरिद(बिक्री प्रकरणमा जोडिएका सतीसलाल आचार्य र सचिनलाल आचार्यसँग भण्डारीको कनेक्शन रहेको रिटमा भनिएको छ ।

यस्तै, सञ्चारमन्त्री रेखा शर्माको सल्लाहकार पदमा रहेका व्यक्तिले प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिएको, सिफारिस समितिले सिफारिस गरेको तीन जनाको नामसहितको सूचना प्रकाशित नगरी सञ्चार मन्त्री शर्माले क्याबिनेटमा गोप्यरुपमा प्रस्ताव लगेको समेत रिटमा दाबी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस