प्रधान न्यायाधीश श्रेष्ठले भने-विकास निर्माण र राजश्वको मुद्दा प्राथमिकतामा राख्छौँ  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधान न्यायाधीश श्रेष्ठले भने-विकास निर्माण र राजश्वको मुद्दा प्राथमिकतामा राख्छौँ 


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विकास निर्माण र राजश्वको विषयमा परेका मुद्दालाई अदालतले उच्च प्राथमिकताको साथमा छिटो छरितो ढंगबाट न्याय सम्पादन गर्ने बताएका छन् ।

मकवानपुर जिल्ला अदालतको ७१ कोठे भवनको हेटौँडामा उद्घाटन गर्दै प्रधान न्यायाधीश श्रेष्ठले विकास निर्माण र राजश्वको कामलाई धेरै समयसम्म रोक्दा राज्यलाई समस्या पर्नेतर्फ न्यायालय सचेत रहेको भन्दै यस्ता प्रकृतिका मुद्दाको छिनोफानो गर्नु अदालत सचेत रहेको बताएका हुन्।

पछिल्लो समय नेपालको न्यायालयले सकारात्मक बाटो समातेको बताउँदै उनले न्यायालयप्रतिको आम जनताको भरोसालाई कम नगर्न आफू प्रधानन्यायाधीश भएपछि विभिन्न कदम चालिएको बताए ।

न्यायालयप्रति जनताको भरोसा रहेको र यसलाई कायम गर्न छिटो छरितो न्याय सम्पादन आफूहरूको प्रमुख दायित्व भएको प्रधानन्यायाधीश श्रेष्ठले बताए ।

संविधानले न्यायपालिकालाई नागरिकको हक, अधिकारको संरक्षण र विधिको शासनलाई व्यवहारमा रूपान्तरण गर्ने दायित्व सुम्पेको बताउँदै उनले संविधानले सुम्पेको दायित्वलाई पुरा गर्ने सवालमा अदालत जहिल्यै प्रतिबद्ध रहेको बताए ।

उनले भने,  ‘नेपालको संविधानले प्रदान गरेको भूमिका र न्यायालयप्रतिको जनताको अपेक्षालाई पूरा गर्नेतर्फ सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्छ, ।’

Tags :
प्रतिक्रिया दिनुहोस