फुटबलको विकासको लागि बहस आवश्यक : सदस्य सचिव घिसिङ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

फुटबलको विकासको लागि बहस आवश्यक : सदस्य सचिव घिसिङ


१४ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि बहस आवश्यक रहेको बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक रहेको भन्दै विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत भएर बहस गर्न आग्रह गरे । 

उनले भने, ‘फुटबललाई गति दिन र विकासका लागि छलफललाई केन्द्रित गर्न आवश्यक हुन्छ । विभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरु सबैलाई हामीले फुटबलको विकासको लागि केन्द्रीकृत भएर छलफल गर्ने बहस गर्ने र यसलाई एउटा नयाँ उचाइमा पुर्‍यानका निमित्त लागि पर्न अनुरोध गर्दछु ।’ 

उनले नेपाली खेलकुदमा फुटबलको लोकप्रियता र व्यापकता  जुन उचाइमा छ त्यो अनुसारको अपेक्षा पनि हुने भन्दै सो अपेक्षलाई सम्बोधन गर्न सक्नेगरी कार्यक्रमहरू बनाउन जरुरी रहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस