कृषि विकास बैंकले माग्यो ११२ कर्मचारी (विज्ञापनसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कृषि विकास बैंकले माग्यो ११२ कर्मचारी (विज्ञापनसहित)


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारीको माग गरेको छ ।

बैंकले शुक्रबार एक सूचना जारी गर्दै शाखा अधिकृतदेखि लेखापालसम्म ११२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो ।

त्यस्तै, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ।

योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।

हेर्नुस् विज्ञापन:

Tags :
प्रतिक्रिया दिनुहोस