सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद्सम्बन्धी कामको विवरण सार्वजनिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद्सम्बन्धी कामको विवरण सार्वजनिक


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल, ४ नम्बर गण सुनसरीले सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनसम्बन्धी कामको विवरण सार्वजनिक गरेको छ ।

एक वर्षको अवधिमा सुनसरीको शान्ति सुरक्षा, अवैध चोरी निकासी रोकथाम, सीमामा हुने अवैध गतिविधि, लागु औषध ओसारपसार, मानव बेचबिखन रोकथाम तथा नियन्त्रण गर्ने कार्यहरूमा सफलता प्राप्त गरेको ४ नम्बर गण हेडक्वाटरले जनाएको छ ।

सुनसरीको ४ नम्बर गणले सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्रणमा पछिल्लो एक वर्षको अवधिमा २७ करोड रुपैयाँ भन्दा बढीको चोरी निकासी पैठारीको सामान बरामद गरेको छ ।

गणले आर्थिक वर्ष २०७०-०७१ मा ५४ लाख १६ हजार बराबरको २०७२-७३ मा ४१ लाख ३७ हजार बराबरको २०७५-७६ ४ करोड २४ लाख ८५ हजार बराबरको २०७८-७९ ७ करोड १३ लाख ७६ हजार बराबरको सामान बरामद गरेको थियो ।

२०७९ साल माघ देखि २०८० माघसम्म एक वर्षको अवधिमा नं ४ गणले २७ करोड ५६ लाख ९५ हजार ६३९ रुपैयाँ बराबरको लत्ताकपडा, सवारी साधन, खाद्यान्न तथा किराना सामान, इलेकट्रोनिक्स सामान, नगद, पशुपंक्षी, हार्डवेयर, काठ, सुर्तीजन्य पदार्थ, पटका, चिनी र अन्य सामान बरामद गरी भन्सार कार्यालय तथा सम्बन्धित निकायमा बुझाएको छ ।अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब १५ करोड रुपैयाँ बढीको चोरीपैठारीको सामान बरामद गरी भन्सार कार्यालय तथा सम्बन्धित निकायमा बुझाएको हो ।

गणले एक वर्षको अवधिमा प्रतिबन्धित गाँजा ८४७ केजी, ब्राउन सुगर २४।९९ ग्राम, विभिन्न लागुऔषध जन्य औषधी २७१९० ट्याब्लेट र १८९ एम्पुल बरामद गरी नेपाल प्रहरीलाई बुझाएको छ। साथै नेपाल९भारत सीमा स्थित विभिन्न चेकप्वाईन्ट तथा गस्ती टोलीहरूले २१ जना ९महिला९११ र पुरुष १०० नेपाली युवा युवतीहरूलाई मानव बेचबिखनको शंकामा नियन्त्रणमा लिई थप अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाएको छ ।

सीमा सुरक्षा अन्तर्गत नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात मर्मत तथा निर्माण भएका बिजोर नम्बरका १३३ वटा, मुख्य-१३, सहायक८ र सानो (५०) सीमा स्तम्भहरूको रंगरोगन तथा मर्मत समेत सम्पन्न गरेको छ ।

सीमामा सशस्त्र प्रहरी बल नेपालको सहकार्य अवधारण अन्तर्गत सीमा क्षेत्रमा विभिन्न चेतनामूलक कार्य , अन्तर्क्रिया तथा सहकार्यमूलक कार्यमा समेत परिचालन भइ सीमा सुरक्षा तथा व्यवस्थापनमा थप सहयोग पुराएको छ।

त्यसैगरी गणले एक वर्षको अवधिमा जलप्रकोपमा परेका तथा नदिमा डुबेका १० वटा शव र १४ जना व्यक्तिहरूको जीवित उद्धार समेत गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस