अपर अरुण हाइड्रो-इलेक्ट्रिक र परामर्शदाताबीच ठेक्का सम्झौता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अपर अरुण हाइड्रो-इलेक्ट्रिक र परामर्शदाताबीच ठेक्का सम्झौता


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना सुपरिवेक्षण परामर्शदाता छनौट भएको छ ।

आयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टिएमएस) तथा जेड कन्सल्ट, नेपाल छनौट भएको हो ।

आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो-इलेक्ट्रिक लिमिटेड र परामर्शदाताबीच बुधबार ठेक्का सम्झौता भएको छ । निर्माण सुपरिवेक्षण परामर्श सेवाका लागि २ करोड ३४ लाख युरो, ४ लाख ४५ हजार अमेरिकी डलर र ६४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता (कर र प्रभिजनल समसहित) भएको हो । परामर्श सेवाको रकम युरो, डलर र रुपैयाँ गरी तीन वटा मुद्रामा भुक्तानी हुने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस