सभामुख घिमिरेले भने-प्रतिगामीहरूले वितृष्णाभित्र खेल्ने कोसिस गर्दैछन् « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सभामुख घिमिरेले भने-प्रतिगामीहरूले वितृष्णाभित्र खेल्ने कोसिस गर्दैछन्


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गरिरहेको टिप्पणी गरेका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले वितृष्णाको वातावरणमा खेल्ने कोसिसलाई राजनीतिक दलहरू र सम्पूर्ण नागरिकहरूले सामना गरेर अघि बढ्नको लागि एकताबद्ध हुन जरुरी रहेको बताए । उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता रहेको बताए ।

सभामुख घिमिरेले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्यता छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेकोमा जोड दिएका छन् ।

उनले भने, ‘राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ । अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ । सहमतिबाट नै योजना बन्नुपर्छ । अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोसिस भइरहेको छ, यसलाई सामना गर्न मूलतः राजनीतिक दलहरूले र सँगै सम्पूर्ण नागरिकहरूले यसको सामना गरेर अघि बढ्नको लागि एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस