ट्रायल दिँदा सवारी साधन प्रयोग गर्ने सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयन गर्नू : श्रम मन्त्रालय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ट्रायल दिँदा सवारी साधन प्रयोग गर्ने सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयन गर्नू : श्रम मन्त्रालय


३ फाल्गुन २०८०, बिहिबार


जनकपुर । श्रम तथा यातायात मन्त्रालय, मधेस प्रदेशले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा परीक्षार्थीले स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । यसअघि राष्ट्रिय सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै ट्रायल दिने परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

केन्द्रको उक्त निर्देशन कार्यान्वयनका लागि मन्त्रालयले मधेस प्रदेशका सबै यातायात व्यवस्था कार्यालयलाई पत्र काटेको हो । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक (ट्रायल एक्जाम) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लगायत कुनै पनि नेपाल कानुनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएको हुँदा आम परीक्षार्थीहरूको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन सतर्कता केन्द्रले दिएको निर्देशन कार्यान्वयन गर्न/गराउनु हुन अनुरोध गरिएको पत्रमा उल्लेख छ । 

यसअघि राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा परीक्षार्थीले स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार : ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न दिन सतर्कता केन्द्रको निर्देशन

Tags :
प्रतिक्रिया दिनुहोस