२०२७ मा सोझै विश्वकप छनोट खेल्न नेपाल शीर्ष चारमा पर्नुपर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२०२७ मा सोझै विश्वकप छनोट खेल्न नेपाल शीर्ष चारमा पर्नुपर्ने


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । आईसीसी विश्वकप लिग-२ को २०२४ देखि २०२७ सम्म चल्ने त्रिकोणात्मक सिरिजका शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने भएका छन् ।

आईसीसीले २०२७ सम्म चल्ने लिग-२ को शीर्ष चार टोली सोझै विश्वकप छनोट खेल्न पाउने बताएको छ ।

२४ वटा त्रिकोणात्मक सिरिजमा कुल १४४ खेल हुनेछन् । जसबाट शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका चार टोलीले विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

विश्वकप च्यालेन्ज लिगबाट आउने शीर्ष चार टोलीसँगै पुन विश्वकप छनोटमा पुग्न प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्लेअफबाट भने एक टोलीमात्रै पुन विश्वकप छनोटमा पुग्नेछ ।

यसअघि २०१९ देखि २०२३ सम्मको लिग २ मा ७ टोलीको सहभागिता थियो । नेपाल, स्कटल्यान्ड र ओमानले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेलेका थिए ।

तर यसपटक नेदरल्यान्ड्स पनि लिग २ मा आएको छ । नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो ।

लिग–२ मा क्यानडा, नामिबिया, नेपाल, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई र अमेरिका छन् । क्यानडा च्यालेन्ज लिगबाट प्लेअफ हुँदै ओडीआई मान्यता फिर्ता गर्दै आएको हो ।

लिग-२ को सिरिज बिहीबारदेखि नेपालमा सुरु हुँदैछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् । नेपालले बिहीबार नामिबियासँग खेल्दै लिग-२ को सुरुवात गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस