प्रहरी सहायक निरीक्षकको साची बसेर फरक बकपत्र गर्ने विरुद्ध मुद्दा दायर  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रहरी सहायक निरीक्षकको साची बसेर फरक बकपत्र गर्ने विरुद्ध मुद्दा दायर 


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फरक बकपत्र गर्ने विरुद्ध मुद्दा दायर गरेको छ। घुस/रिसवत मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका ती व्यक्तिले आफूसँग गरेको कागजभन्दा उल्टो हुने गरी बकपत्र गरेको भन्दै मुद्दा दायर गरिएको हो । 

उनले अदालतमा प्रतिवादीलाई फाइदा पुग्ने गरी बकपत्र गरेको भन्दै शुक्रबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । 

घिमिरेका अनुसार आयोगले घुससहित रंगेहात पक्राउ परेका इलाका प्रहरी कार्यालय मिर्चैया, सिराहाका प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारविरुद्ध दायर गरेको मुद्दामा उनलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरेको थियो।

उनलाई घुस बापत नौ हजारलाई नै बिगो कायम गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस