न्यायाधीश मरासिनीको निधनमा शोक बिदा दिने निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

न्यायाधीश मरासिनीको निधनमा शोक बिदा दिने निर्णय


१७ माघ २०८०, बुधबार


काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा शोक बिदा दिइएको छ । बुधवार उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएको हो ।

अदालतले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीश श्री मातृकाप्रसाद मरासेनीको मिति २०८०-१०-१६ गते असामयिक निधन भएकोले शोक मनाउन मिति २०८०-१०-१७ गते बुधवार एक दिन यस अदालत, उच्च अदालत पाटन, हेटौडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

मंगलबार मरासेनीको हृदयाघातका कारण असामयिक निधन भएको थियो ।


सम्बन्धित समाचार : पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन

Tags :
प्रतिक्रिया दिनुहोस