पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ । घरमै हृदयाघात भएका उनलाई आज बिहान उपचारका लागि कलङ्कीको नेसनल हस्पिटलमा लगिएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सरुवा भएर आएका उनी दुई दिन अघि मात्र उच्च अदालतमा हाजिर भएका थिए । उनको निधनपछि उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस