नेपाली सेना फोटो प्रदर्शनीको दश हजारले गरे अवालोकन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाली सेना फोटो प्रदर्शनीको दश हजारले गरे अवालोकन


१३ माघ २०८०, शनिबार


काठमाडौँ । नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी करिब १० हजार जनाले अवलोकन गरेका छन् ।

नेपाली सेनाद्वारा सेना दिवसका अवसरमा जङ्गीअड्डा परिसरमा आयोजित पाँच दिनसम्म सञ्चालित उक्त प्रदर्शनी १० हजार जनाले अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो । माघ ९ देखि १३ गतेसम्म सञ्चालन रहेको प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने डकुड्रामा, फोटो, हातहतियार र उपकरणहरू राखिएको थियो । 

प्रदर्शनीमा सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद तथा विद्यालयलगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीसमेत राखिएको थियो । 

प्रदर्शनीबाट अवलोकनकर्तालाई सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान समयमा निर्वाह गरिरहेको भूमिकाबारे जानकारी दिइएको निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस