मुगु र हुम्लामा हवाई सेवा प्रभावित   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुगु र हुम्लामा हवाई सेवा प्रभावित  


१३ माघ २०८०, शनिबार


मुगु । बाक्लो हुस्सु लाग्न थालेपछि मुगु र हुम्लामा हवाई सेवा प्रभावित बनेको छ ।

नेपालगञ्जमा दिउँसो १२ बजेसम्म बाक्लो हुस्सु लाग्ने र १२ बजेपछि आकाश खुल्न थालेपछि फेरि मुगु र हुम्लामा हावा चल्ने गरेपछि हवाई उडान प्रभावित बन्ने गरेको छ । जसका कारण सयौँ यात्रुहरू अलपत्र परेका छन् ।

हुस्सुका कारण हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ भने मुगुमा चार दिनदेखि उडान नहुँदा यात्रुहरू बिहान ताल्चा एयरपोर्ट जाने र  बेलुका गमगढी फर्कने गरेका छन् ।

तीन दिन पहिले नेपालगन्जमा परीक्षा दिन ताल्चा एयरपोर्ट गएको तर जहाज नउडेपछि परीक्षा छुटेको कुमार शाहीले बताए । कारण हवाई सेवा अवरुद्ध हुँदा रारा घुम्ने पर्यटक पनि प्रभावित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस