नेपालमा लगानी गर्न विश्वका प्रतिष्ठित व्यवसायी इच्छुक छन् : अर्थमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालमा लगानी गर्न विश्वका प्रतिष्ठित व्यवसायी इच्छुक छन् : अर्थमन्त्री


१३ माघ २०८०, शनिबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गरेका छन्।

शनिबारबाट काठमाडौँमा सुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताएका हुन्।

उनले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दोहोर्‍याए। अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि बिस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

मन्त्री महतले नेपालको आर्थिक क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि आत्मविश्वास जगाउनुपर्ने आवश्यकता रहेको पनि औँल्याए।

Tags :
प्रतिक्रिया दिनुहोस