काठमाडौँ महानगरले गर्‍यो स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरले गर्‍यो स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन


११ माघ २०८०, बिहिबार


काठमाडौँ । स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन गरिएको छ । काठमाडौँ महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइ कार्यक्रम अन्तर्गत सो फोहोर संकलन गरिएको हो । 

स्वयम्भू परिक्रमा मार्ग, सिँढी, जङ्गल र स्तूप क्षेत्रको सरसफाइबाट ६१ टन फोहोर संकलन भएको महानगरले जनाएको छ । २१ मंसिरेदेखि सो क्षेत्रको सरसफाइका लागि १ सय जना जनशक्ति परिचालन गरिएको महानगरको भनाइ छ ।

सफाइका क्रममा प्लास्टिक, कपडा, बोतल, सिसा, रुखका पात लगायत संकलन भएको महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस