धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न समिति गठन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न समिति गठन


१० माघ २०८०, बुधबार


काठमाडौँ । सरकारले धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ ।

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराइन् ।

उनका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा अन्तरगतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लागि नेपाली अवैतकि महावाणिज्यदूत दीपककुमार खड्काले १० अक्टोबर २०२३ देखि लागु हुनेगरी पेश गरेको राजीनामा स्वीकृत पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस