हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै गगन थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै गगन थापा


९ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने भएका छन् । माघ १३ देखि २६ सम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म यात्रा गर्न लागेका हुन् ।

१२ माघदेखि काँग्रेसले समुदायमा काँग्रेस अभियान सञ्चालन गर्दैछ । त्यही अभियान अन्तर्गत आफूले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको थापाको भनाइ छ ।

संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम गर्ने महामन्त्री थापाको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस