स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन


४ माघ २०८०, बिहिबार


काठमाडौँ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । ५२ वर्षको उमेरमा आज बिहान करिब ३ बजे आफ्नै घरमा निधन भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले बताए ।

स्थानीय तह चुनावमा जोशी नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत रोकायाका अनुसार उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन् । ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो ।

गाउँपालिकाले आज शोक प्रस्ताव पारित गर्दै गाउँपालिकामा शोक बिदा दिएको रोकायाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस