राष्ट्र निर्माता राजावादीका पेवा होइनन् : सभापति लामिछाने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्र निर्माता राजावादीका पेवा होइनन् : सभापति लामिछाने


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्मातालाई राजावादीले हाम्रो मात्रै पेवा नठानी, गणतन्त्रवादीले हाम्रो होइन नभनि सबैको साझा बनाएर राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका हुन् ।  

उनले भने,‘त्यति बेलाको बाइसे-चौबिसे राज्यहरूको अवस्था र इतिहासको चुनौतीलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाएर आज नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्माताप्रतिको अपघात सम्मान गर्न कन्जुस्याँई गर्न हुँदैन’, उनले अगाडि भने, ‘राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले यो हाम्रो होइन भन्नुभएन । सबैको साझा बनाउने तिर लाग्नुपर्छ । राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्न सकियो भने राष्ट्रको लागि राम्रो हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस