मालपोत प्रमुखसहित चार कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मालपोत प्रमुखसहित चार कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । मालपोत प्रमुखसहित चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मालपोत कार्यालय पर्साका तत्कालीन दुई जना प्रमुख, नायब सुब्बा र एक जना लेखापाल दोषी ठहर भएका हुन्।

तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता, लेखापाल नागेन्द्रप्रसाद चौधरीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

न्यायाधीश टेकनारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गएको बुधबार चारै जनालाई दोषी ठहर गरेको हो। अदालतले  चारै जनालाई सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएको छ।

मालपोत कार्यालयमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ साल चैत २८ गते चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियो।

सम्बन्धित समाचार : मालपोत कार्यालयका प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

Tags :
प्रतिक्रिया दिनुहोस