पशुपति परिसरमा भक्तजन आमाहरूका लागि स्तनपान कक्ष निर्माण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पशुपति परिसरमा भक्तजन आमाहरूका लागि स्तनपान कक्ष निर्माण


२४ पुस २०८०, मंगलबार


काठमाडौँ। पशुपतिनाथ परिसरमा स्तनपान कक्ष निर्माण गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरमा दर्शन गर्न आउने भक्तजन आमाहरूलाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले स्तनपान कक्ष निर्माण गरेको हो ।

मन्दिरको मूल द्वारको देब्रेतर्फ रहेको सत्तललाई मर्मत गरी स्तनपान कक्ष बनाइएको कोषले जनाएको छ । कोषका अनुसार औसतमा दैनिक ३० हजार जनासम्म भक्तजनहरू पशुपतिमा दर्शन गर्न पुग्न गर्दछन् ।

उनीहरूमध्ये स्तनपान गराउने उमेर समूहका बालबालिकासहित दर्शनमा पुगेका महिलाहरूले मन्दिर परिसरको बाहिर नै बसेर स्तनपान गराउँदै आएका थिए ।

उनीहरूलाई सहज होस् भनी दुई वटा सोफा, लिटो खुवाउन आवश्यक तातोपानीसहित स्तनपान कक्षको व्यवस्था गरिएको बताइएको छ ।

कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले लामो समयदेखि बन्द भएर बसेको सत्तललाई रंगरोगन र कार्यालयमा नै भएका फर्निचरहरू व्यवस्थापन गरी स्तनपान कक्ष बनाइएको जानकारी दिइन् ।

उनले स्तनपान कक्षको सुरक्षाको लागि नजिकै बैङ्क र सशस्त्र प्रहरीको सुरक्षाकर्मी पनि रहने भएकोले आमा तथा बालबालिका पनि सुरक्षित हुने बताइन् ।

स्तनपान कक्षमा आमा र बालबालिका बाहेक पुरुष व्यक्ति छिर्न नमिल्ने नियम बनाइएको छ । भने बालबालिकाको डाइपर फेर्न मिल्ने गरी डस्टविन तथा लिटो खुवाउन चिसो तातो पानीको पनि व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस