खोटाङको सिडिओमा पवित्र प्रकाश शाह, आज पनि केहीको सरुवा हुन सक्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खोटाङको सिडिओमा पवित्र प्रकाश शाह, आज पनि केहीको सरुवा हुन सक्ने


२४ पुस २०८०, मंगलबार


पवित्र प्रकाश शाह

काठमाडौँ । खोटाङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को जिम्मेवारी पवित्र प्रकाश शाहलाई दिइएको छ । हालका प्रजिअ सन्त बहादुर सुनारलाई मन्त्रालय सरुवा गरिएसँगै रिक्त प्रजिअमा सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी शाहलाई प्रजिअको जिम्मेवारी दिइएको हो । 

प्रजिअ सुनार माघ पहिलो साता अनिवार्य अवकाशमा जाँदैछन् । मन्त्रालयबाट पेन्सन पट्टा बनाउन सहज होस् भनेर उनकै माग अनुसार सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । 

प्रशासन गृह मन्त्रालय स्रोतका अनुसार केही मङ्गलवार(आज) केही प्रजिअको सरुवा हुन सक्ने बुझिएको छ । यद्यपि सूची टुङ्गो भने लागिसकेको अवस्था छैन । 

त्यस्तै सोमबार सात जना अधिकृतहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतर्फ पठाइएको छ । दरबन्दी भन्दा दर्जन बढी नै रिक्त रहेको विमानस्थलमा देखिएको कामको चापलाई व्यवस्थापन गर्न अधिकृतहरूलाई त्यतातर्फ खटाइएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस