मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


२४ पुस २०८०, मंगलबार


जलेश्वर (महोत्तरी) ।  महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामगोपालपुर नगरपालिकाको थलही बिर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका-३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । 

 दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भङ्गहा-५ का ३१ वर्षीय श्रीराम गोसाईं र बर्दिबास नगरपालिका प्रेम नगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।गए राति  जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२-०२-००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका-१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताए । 

बाक्लो हुस्सुका कारण तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले एक अर्कालाई  नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ  । दुर्घटनापश्चात् गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस