लगानी सम्बन्धी निर्देशिका संशोधन, पब्लिक कम्पनीको १५ प्रतिशतसम्म सेयर किन्न सकिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लगानी सम्बन्धी निर्देशिका संशोधन, पब्लिक कम्पनीको १५ प्रतिशतसम्म सेयर किन्न सकिने


२३ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाल बीमा प्राधिकरणले एक पब्लिक कम्पनीको १५ प्रतिशतसम्म सेयर किन्न सक्ने व्यवस्था गरेको छ । बीमा कम्पनीको लगानी सम्बन्धी निर्देशिका संशोधन गर्दै प्राधिकरणले सो व्यवस्था गरेको हो । 

यसअघि बीमा कम्पनीले कुनै पब्लिक कम्पनीको ५ प्रतिशतसम्म सेयर किन्न पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो ।

प्राधिकरणले पुनर्बीमा, निर्जीवन तथा जीवन बीमा कम्पनी र लघुवित्तमा कम्पनीको लगानी सम्बन्धी निर्देशिका एकैसाथ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि बीमा कम्पनीहरूले साधारण सेयरमा मात्रै लगानी गर्न पाउने व्यवस्था रहेकोमा संशोधनमार्फत साधारण र संस्थापक सेयरमा लगानी गर्न पाउने भएका छन् । सबै बीमा कम्पनीले कुल लगानीमध्ये नेप्सेमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था थियो ।

अब कुनै पनि पुनर्बीमा कम्पनी, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीले कुनै पनि पब्लिक लिमिटेड कम्पनीको १५ प्रतिशतसम्म सेयर खरिद गर्ने सक्ने भएका छन् । यसरी सेयर खरिद गर्दा कुल लगानीको १० प्रतिशतभन्दा माथि हुन नहुने व्यवस्था प्राधिकरणले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस