सत्ता गठबन्धनद्वारा गण्डकीमा उम्मेदवारी दर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सत्ता गठबन्धनद्वारा गण्डकीमा उम्मेदवारी दर्ता


२३ पुस २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ।

गठबन्धनबाट गण्डकीमा अन्यतर्फ गोरखाका किरणबाबु श्रेष्ठ, अपाङ्गता-अल्पसंख्यकबाट पदमबहादुर परियार र महिलामा मनरूपा शर्माले उम्मेदवारी दिएका छन्।

गठबन्धनबाट उम्मेदवारी दिएका श्रेष्ठ र परियार नेपाली काँग्रेसका उम्मेदवार हुन्। शर्मा माओवादी केन्द्रका उम्मेदवार हुन्।श्रेष्ठका प्रस्तावक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र समर्थकमा प्रदेशमन्त्री सुशिला सिम्खडा छन्।

यस्तै, परियारका प्रस्तावकमा कल्पना तिवारी र समर्थकमा कुसुम बुढा पुन छन्। महिला उम्मेदवार शर्माका प्रस्तावकमा हरिबहादुर चुमान र समर्थकमा विन्दुकुमार थापा रहेको काँग्रेस गण्डकीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए।

यसअघि एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरिसकेका छन्। एमालेले अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपाङ्गता-अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचन र महिलाबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दिएका हुन्।

यस्तै, राप्रपाका रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठले पनि राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ। निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश र संघीय सांसदले मतदान गर्न पाउनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस